JavaScript is required

भिक्टोरियाको जातिवादविरुद्ध रणनीति २०२४ - २०२९ (Victoria's anti-racism strategy 2024-2029) - नेपाली (Nepali)

भिक्टोरियाको पहिलो सम्पूर्ण सरकार जातिवादविरुद्ध रणनीति भिक्टोरियामा जातिवाद र भेदभाव रोक्नको लागि ५-वर्षे योजना हो ।

Victoria's anti-racism strategy in Nepali
PDF 1.19 MB
(opens in a new window)

मिलेर काम गरेर हामी एक झन् निष्पक्ष, सुरक्षित भिक्टोरिया निर्माण गर्न सक्छौं जहाँ सबैलाई समावेश गरिएको महसुस हुन्छ ।

जातिवाद के हो?

जातिवाद भेदभावको एक रूप हो जहाँ मानिसहरूलाई उनीहरूको जाति वा जातीयताको कारण अन्यायपूर्ण व्यवहार गरिन्छ । यसमा मौखिक दुर्व्यवहार, बहिष्कार वा अरूलाई जस्तै समान पहुँच वा अवसर नदिनु समावेश हुन सक्छ ।

जातिवाद धेरै तरिकामा प्रस्तुत हुन सक्छ । यो रणनीति जातिवादलाई सम्बोधन गर्न निम्नमा केन्द्रित छ:

  • समुदाय
  • संगठन र संस्थाहरू
  • कानून, नीति र प्रणालीहरू ।

हाम्रो दर्शन

जातिवाद र भेदभावबाट मुक्त भिक्टोरिया, जहाँ सबै भिक्टोरियावासीहरूले समान अधिकार, स्वतन्त्रता र सुरक्षाको आनन्द लिन्छन्, र सुरक्षित, स्वस्थ र सहयोगी समुदायहरूमा फस्टाउँछन् ।

यस रणनीतिमा भिक्टोरियामा जातिवाद र भेदभाव कम गर्ने ४ लक्ष्यहरू छन्:

  • लक्ष्य १: जातिवादी मनोवृत्ति, व्यवहार र आस्थाहरूलाई पहिचान गरिन्छ, चुनौती दिइन्छ र अस्वीकार गरिन्छ ।
  • लक्ष्य २: सरकारी सेवा र कार्यस्थलहरू सुरक्षित, पहुँचयोग्य र भेदभावरहित छन् ।
  • लक्ष्य ३: जातिवाद र भेदभाव अब सबै क्षेत्रहरूमा सहभागिता, प्रगति, सुरक्षा र सफलताका बाधाहरू हैनन् ।
  • लक्ष्य ४: जातिवादको अधीनमा रहेका व्यक्तिहरूले उपयुक्त र सांस्कृतिक रूपमा सुरक्षित सेवाहरू र सहायताहरू प्राप्त गर्छन् ।

दर्शन अनुसारको कार्यान्वयन

जातिवाद विरोधी रणनीतिले निम्न कार्यहरू गर्नेछ:

  • सामुदायिक खेलकुदमा जातिवादलाई सम्बोधन गर्न राज्यव्यापी अभियान सञ्चालन गर्ने
  • स्थानीयस्तरमा जातिवादलाई चुनौती दिन समुदायको नेतृत्वमा हुने कार्यलाई सहयोग गर्ने
  • घृणास्पद भाषण र व्यवहारविरुद्धको सुरक्षा र कानूनलाई सुदृढ गर्ने
  • उजुरीहरूको पर्यवेक्षण गर्ने संस्थाहरूले जातिवादको रिपोर्टहरूको जवाफ दिने तरिका सुधार गर्ने
  • नीतिमा जातिवाद र भेदभाव कम गर्न
  • रोजगारदाताहरू र संगठनहरूले जातिवादलाई कसरी रोक्छन् र प्रतिक्रिया दिन्छन् भन्ने कुरामा सुधार गर्ने
  • जातिवादको अनुभव गरेका मानिसहरूका लागि स्थानीय जातिवादविरोधी समर्थन सञ्जालहरूलाई समर्थन गर्ने।

हामी जातिवाद कम गर्नमा रणनीतिको प्रभाव नाप्नेछौं र हाम्रो प्रगतिबारे समुदायलाई रिपोर्ट गर्नेछौं ।

हामीलाई यो रणनीति किन चाहिन्छ?

हामी विविध छौं

  • ३०% भिक्टोरियनहरू विदेशमा जन्मिएका थिए
  • अष्ट्रेलियाका ८% आदिवासी मानिसहरू भिक्टोरियामा बस्छन्
  • भिक्टोरियावासीहरू ३०० भन्दा बढी विभिन्न पुर्खाहरूबाट आएका छन्, २९० भाषाहरू र बोलीहरू बोल्छन्, र लगभग २०० विभिन्न धर्महरू मान्छन्

जातिवाद अझै पनि एक समस्या हो

  • २०२२ मा, ५ मध्ये ३ जना आदिवासी (६० %) ले अष्ट्रेलियामा जातिवादको अनुभव गरेको रिपोर्ट गरे
  • २०२३ मा, ५ मध्ये १ व्यक्ति (१८%) ले अष्ट्रेलियामा जातिवादको अनुभव गरेको रिपोर्ट गरे
  • ५ मध्ये ३ अष्ट्रेलियालीहरू (६३ %) एसिया, अफ्रिका वा मध्येपूर्व वा गैर-ईसाई धर्मबाट आएका एक वा बढी आप्रवासी समूहहरूमाथि नकारात्मक विचार राख्छन्
  • ५ मध्ये ३ अष्ट्रेलियालीहरू (६२ %) जातिवादलाई ‘धेरै ठूलो‘ वा ’निक्कै ठूलो‘ समस्याको रूपमा हेर्छन्

जानकारीको कमी र सेवाहरुमा सामुदायिक विश्वासको कमीको अर्थ जातिवादलाई कम रिपोर्ट गरिएको हुन सक्छ ।

हामीले कोसँग कुरा गर्यौं?

हामीले पहिलो जाति, बहुसांस्कृतिक र बहुधार्मिक समुदायका ६७० भन्दा बढी भिक्टोरियाबासीहरूबाट सुनेका छौं । यसमा समुदायका अगुवाहरू, विशेषज्ञहरू र फ्रन्टलाइन कार्यकर्ताहरू समावेश थिए ।

भिक्टोरियामा जातिवादको रिपोर्टिङ

कसैले पनि जातिवाद सहनु पर्दैन । यदि तपाईं भिक्टोरियामा जातिवाद वा भेदभावको अनुभव गर्नुहुन्छ वा देख्नुहुन्छ भने, तपाईंले यसलाई रिपोर्ट गर्न सक्नुहुन्छ ।

भिक्टोरियाको समान अवसर र मानव अधिकार आयोग

सोमबार देखि शुक्रबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म १३०० २९२ १५३ मा फोन गर्नुहोस् । यदि तपाईंलाई नि:शुल्क दोभाषे चाहिन्छ भने, १३०० १५२ ४९४ मा फोन गर्नुहोस् ।

Enquiries@veohrc.vic.gov.au इमेल गर्नुहोस्

अनलाइनमार्फत एक अनौपचारिक रिपोर्ट गर्नुहोस्

यदि तपाईं बहिरा हुनुहुन्छ, सुन्न गाह्रो छ वा बोल्न समस्या छ भने राष्ट्रिय रिले सेवा ( National Relay Service ) लाई सम्पर्क गर्नुहोस् ।

भिक्टोरिया प्रहरी

आपतकालिन अवस्थाको लागि, चालू अपराध रिपोर्ट गर्न, वा तत्काल प्रहरी उपस्थितिको लागि, तीन शून्य (000) मा फोन गर्नुहोस् ।

गैर-आपतकालिनका लागि, पुलिस सहायता लाइनमा १३१ ४४४ मा फोन गर्नुहोस् वा निःशुल्क दोभाषेको लागि १३१ ४५० मा फोन गर्नुहोस् ।

तपाईं आफ्नो स्थानीय प्रहरी स्टेशनमा वा अनलाइनमार्फत रिपोर्ट गर्न सक्नुहुन्छ।

तपाईं अज्ञातरूपमा Crime Stoppers लाई १८०० ३३३ ००० मा रिपोर्ट गर्न सक्नुहुन्छ ।

थप सहायता र रिपोर्टिङ विकल्पहरूको लागि, कृपया भिक्टोरियाको जातिवाद विरोधी रणनीति हेर्नुहोस् ।

थप जानकारी

तपाईंले अंग्रेजीमा पूर्ण रणनीति वा यो सारांश अन्य भाषाहरूमा अनलाइन फेला पार्न सक्नुहुन्छ ।

तपाईं अनुवाद र दोभाषे सेवा (TIS) १३१ ४५० मा पनि फोन गर्न सक्नुहुन्छ र थप जानकारीको लागि प्रिमियर र क्याबिनेट विभाग ०३ ९६५१ ५१११ मा फोन गर्न सक्नुहुन्छ ।

तपाईं प्रिमियर र क्याबिनेट विभागलाई antiracism.strategy@dpc.vic.gov.au मा इमेल गर्न सक्नुहुन्छ।

Updated