परिवारहरूको लागि मार्गदर्शन

तपाईंको किन्डर किटबारे
खेलकुद भनेको तपाईंको बच्चाको सिकाइ र विकासलाई सहयोग गर्ने रमाइलो र आकर्षक तरिका हो। अभिभावक, हेरचाहकर्ता र परिवारहरू त्यस यात्राको एउटा ठूलो हिस्सा हुन्।
किन्डर किटहरू पुस्तकहरू, शैक्षिक खेलौनाहरू र तपाईंको बच्चा र परिवारका लागि घरमै रमाउनका लागि बनाइएका गतिविधिहरूले भरिएका छन्।
प्रत्येक किन्डर किटमा विशेषगरि तीन वर्षका बच्चाहरूका लागि बनाइएका वस्तुहरू समावेश हुन्छन्।

भिक्टोरियाको प्रारम्भिक वर्षको सिकाइ र विकासको रूपरेखा (Victorian Early Years Learning and Development Framework)
प्रारम्भिक बाल्यकालका शिक्षक र शिक्षाविदहरूले तपाईंको बच्चालाई हुर्कन र सिक्न मद्दत गर्छन्।
किन्डरगार्टेन कार्यक्रमहरूले भिक्टोरियाको प्रारम्भिक वर्षको सिकाइ र विकासको रूपरेखा (Victorian Early Years Learning and Development Framework) (VEYLDF) प्रयोग गर्छन्।
तपाईंको किन्डर किटमा भएका सबै कुराहरू VEYLDF मा १ वा बढी सिकाइ र विकास परिणामहरूसँग सन्बन्धित हुन्छन्:
- परिचय
- सिकाइ
- समुदाय
- सञ्चार
- कल्याण
ब्याकप्याक
किन्डर किट ब्याकप्याकहरू हरेक दिन प्रयोग गर्न सकिन्छन्।
तपाईंको बच्चाले पछाडि कार्डबोर्ड ट्यागमा आफ्नो चित्रको अभ्यास गर्न सक्छ, ताकि उनीहरूलाई कुन झोला आफ्नो हो भनेर थाहा हुन्छ।
ब्याकप्याकलाई खोल्नुहोस् र भेल्क्रो ट्याबहरूले सुरक्षित गर्नुहोस्। कल्पनिक खेलको लागि फेल्टको सतहको प्रयोग गर्नुहोस्।

- ब्याकप्याकका पट्टिहरू कसेर वा खुकुलो गरेर मिलाउनुहोस् ताकि झोला तपाईंको बच्चाको ढाडमा रहोस्।
- फेल्टको स्टिकरले बगैँचाको सिर्जना गर्नुहोस्।
- नामको ट्यागमा चित्र कोर्न प्रोत्साहित गर्नुहोस्।
- पूर्व-लेखन सीपको अभ्यास गर्नुहोस्।
पढाइ
परिवारको रूपमा सँगै समय बिताउनको लागि पढाइ एक उत्तम तरिका हो। यो साक्षरता विकासलाई सहायता गर्ने सबैभन्दा महत्त्वपूर्ण तरिकाहरू मध्ये एक हो।
तपाईंको बच्चासँग नियमित कथा सुनाउने समय बिताउनाले उनीहरूको कल्पना र शब्दावली विकास गर्न मद्दत गर्दछ।

- सँगै पुस्तक छान्नुहोस्।
- बस्न र पढ्नको लागि आरामदायी ठाउँ खोज्नुहोस्।
- उनीहरूलाई कथामा अब के हुन सक्छ भन्नेबारे आफ्ना विचारहरू प्रस्तुत गर्नको लागि मौका दिनुहोस्।
- विभिन्न आवाजहरूको प्रयोग गर्नुहोस्।
चित्र कोर्ने र चिन्ह बनाउने
चित्र कोर्नाले र चिन्ह बनाउनाले बच्चाहरूलाई रचनात्मक रूपमा आफूलाई अभिव्यक्त गर्न अनुमति मिल्छ। कागजमा क्रेयन्सको प्रयोग गरेर बच्चाहरूले:
- राम्रो मोटर (औँला चलाउने) सीपहरूको विकास गर्छन्, जुन लेख्न सिक्नको लागि महत्त्वपूर्ण छ
- उनीहरूको हात-आँखाको समन्वय सुधार गर्छन्
- रङ, आकार, बान्की र रेखाहरूका बारेमा सिक्छन्
- रचनात्मकता अभिव्यक्त गर्छन्
- अरूसँग सञ्चार गर्छन्।

- आफ्नो बच्चालाई चित्र बनाउने प्रक्रियाको आनन्द लिन प्रोत्साहित गर्नुहोस्। चित्र कोर्नाले आत्मविश्वास बढाउन मद्दत गर्न सक्छ।
- कूरा गर्दै चित्र कोर्नुहोस्।
- रङ र आकारहरू याद गर्नुहोस् र तिनीहरूलाई नाम दिनुहोस्।
रचनात्मक गतिविधिहरू
रचनात्मक खेलले तपाईंको बच्चाको सबै ५ इन्द्रियहरू – दृष्टि, गन्ध, श्रवण, स्पर्श र स्वादलाई समयबद्ध गर्दछ। यो तपाईंको वरपरको संसारको बारेमा अन्वेषण गर्ने, पत्ता लगाउने र सिक्ने रमाइलो तरिका हो।

- ब्लकहरूको थाक बनाउँदा दृढताको अभ्यास गर्न प्रोत्साहित गर्नुहोस्। यदि तिनीहरू ढले भने, तपाईंको बच्चाले ३ पटक गहिरो सास फेर्न सक्छन् र फेरि प्रयास गर्न सक्छन्।
- प्लेडोलाई बेलेर बल बनाउने प्रयास गर्नुहोस्, आकारहरू बनाउनुहोस्, यसलाई समतल गर्नुहोस्, यसलाई थिच्नुहोस्।
- सँगै सङ्गीत बनाउनुहोस्। आफ्नो हातले ताली बजाएर वा घरमा भएका वस्तुहरूमा हातले ठोकेर विभिन्न ताल र धडकहरू सिर्जना गर्नुहोस्।
बाहिरी खेल
सुपरिवेक्षित बाहिरी खेल तपाईंको बच्चाको लागि वृद्धि, विकास र कल्याणको ठूलो हिस्सा हो।
बच्चाहरूले:
- प्रकृतिको बारेमा सिकेर विज्ञानसँगको सम्बन्ध पत्ता लगाउन सक्छन् र विकास गर्न सक्छन्
- स्वतन्त्रताको भावना प्राप्त गर्न सक्छन्
- अन्य बच्चाहरूसँग सामाजिक रूपमा अन्तरक्रिया गर्न सक्छन्
- खेल खेल्दा राम्रो छनौट कसरी गर्ने भनेर पत्ता लगाउन सक्छन् र सिक्न सक्छन्
- सम्पूर्ण शरीरको चाल, हात-आँखाको समन्वय र राम्रो मोटर (औँला चलाउने) र रचनात्मकता सीपहरूको विकास गर्न सक्छन्।

- पातहरूको बारेमा कुरा गर्नुहोस् र विभिन्न रङहरू र आकारहरूलाई नाम दिनुहोस्।
- सँगै बीउहरू रोप्नुहोस्।
- प्रकृतिसँग जोडिनुहोस्। हाम्रो वातावरणको रक्षा गर्नेबारे कुरा गर्नुहोस्।
- बालुवाका महलहरू बनाउने।
नाटकीय खेल
नाटकीय खेलले बच्चाहरूलाई काल्पनिक कथाहरूको अभिनय गर्न र अन्य पात्रहरूको भूमिका खेल्न प्रोत्साहित गर्दछ।
बच्चाहरूले महत्त्वपूर्ण भाषा र सामाजिक सीपहरूको अभ्यास गर्न नाटकीय खेल प्रयोग गर्छन्, जसमा निम्न समावेश छन्:
- नयाँ संसारहरूको अन्वेषण र सिर्जना गर्न
- साझा गर्न र पालो लिन
- विभिन्न तरिकाहरूले एक-अर्कासँग अन्तरक्रिया गर्न र कुराकानी गर्न।

- अँग्रेजी र अन्य भाषाहरूमा जनावरहरूको नाम भन्नुहोस्।
- पात्रहरू सिर्जना गर्नुहोस्।
- कथाहरू बनाउनुहोस्।
- अनुभव र विभिन्न भावनाहरू अन्वेषण गर्न र व्यक्त गर्न कठपुतलीहरूको प्रयोग गर्नुहोस्।
खेलहरू
परिवार र साथीहरूसँग खेल खेल्नु तपाईंको बच्चाको सामाजिक सीपहरू निर्माण गर्ने उत्तम तरिका हो।
खेलहरूले बच्चाहरूलाई संख्यात्मकता, भाषा र समस्या समाधान गर्ने सीपहरू सिक्न मद्दत गर्न सक्छन्।

- खेलको नियमहरू सिक्नुहोस् र पालो लिने अभ्यास गर्नुहोस्।
- समस्या समाधान गर्ने र सम्झने शक्तिका सीपहरूको अभ्यास गर्नुहोस्।
- संख्याहरू छलफल गर्नुहोस् र वस्तुहरूको प्रयोग गरेर गणना गर्ने अभ्यास गर्नुहोस्।
समुदाय निर्माण गर्ने
खेलद्वारा नै बच्चाहरूले आफू र वरपरको संसारको बारेमा पत्ता लगाउँछन् र सिक्छन्। बच्चाहरूको लागि, खेल र सिकाइ सँगसँगै जान्छ। तपाईंका किन्डर किटका वस्तुहरूले तपाईंलाई विविधता र विभिन्न संस्कृतिहरूका बारेमा कुराकानी गर्न मद्दत गर्दछ।

- अन्य देशहरू र तिनीहरूका मूल जनावरहरूका बारेमा आफ्नो बच्चासँग कुरा गर्नुहोस्।
- विभिन्न भाषाहरू कहाँबाट सुरू भए भनेर हेर्न विश्वको नक्सा हेर्नुहोस्।
पहिचानको सम्मान गर्ने
बच्चाबच्चीहरूलाई सबै संस्कृतिहरूका बारेमा सिक्न प्रोत्साहित गर्नाले समझदारी, स्वीकृति र गर्व निर्माण हुन्छ। आदिवासी र टोरेस स्ट्रेट टापूवासी संस्कृतिहरू, र यहाँ भिक्टोरियामा, Koorie संस्कृतिहरू, आज जीवित छन् र फस्टाइरहेका छन्। हामी उनीहरूलाई किटमा लेखक र कलाकारको रूपमा मनाउनमा गर्व गर्छौं। यहाँ केही गतिविधिहरू छन् जसले तपाईंको बच्चालाई Koorie परम्परा र संस्कृतिहरूका बारेमा थप जान्न मद्दत गर्दछ:

- वस्तु वा जनावरहरूका लागि प्रयोग हुने Koorie प्रतीकहरू सिक्नुहोस्।
- Koorie संस्कृति, अगुवा र नायकहरूका बारेमा सिक्नुहोस् र कुरा गर्नुहोस्।
- देशको कदर गर्नुको महत्त्व पत्ता लगाउनुहोस्।
भिक्टोरियन एबोरिजिनल एजुकेशन एसोसिएसन इन्क (Victorian Aboriginal Education Association Inc.) को वेबसाइटमा Koorie परम्परा र संस्कृतिहरूबारे बुझ्न रमाइला सहभागितामूलक गतिविधिहरू छन्।
अष्लान (Auslan) भाषामा पुस्तकहरू
Auslan भिक्टोरियाको प्रारम्भिक बाल्यकाल भाषा कार्यक्रममा प्रयोग गरिने साङ्केतिक भाषा हो। यो कार्यक्रम केही चार वर्षे किन्डरगार्टेनहरूमा उपलब्ध छ।
सानो उमेरमा अर्को भाषा सिक्दा बच्चाबच्चीहरूलाई निम्न लगायत धेरै फाइदाहरू हुन्छन्:
- पूर्व-पठन र पूर्व-लेखनका सीपहरू बढ्ने
- संज्ञानात्मक लचिलोपन
- आत्मसम्मान र कल्याणलाई बढावा दिने
- सांस्कृतिक पहिचानलाई बलियो बनाउने।
२०२५ किन्डर किटमा समावेश गरिएका धेरै पुस्तकहरूमा Auslan अनुवादहरू उपलब्ध छन्।

- Auslan मार्फत भावनाहरू व्यक्त गर्नुहोस्।
- Auslan मा नमस्ते भन्नुहोस्।
कल्याण तथा अतिरिक्त सहयोग
सबै बच्चाबच्चीहरूले फरक तरिकाले र आफ्नै गतिमा सिक्छन्। किन्डर किट्सले तपाईंको बच्चालाई पुस्तक र शैक्षिक खेलौनाहरू प्रदान गर्दछ जसलाई सबै क्षमताहरूलाई चुनौती दिन धेरै फरक तरिकाहरूमा प्रयोग गर्न सकिन्छ।
यदि तपाईंलाई वा तपाईंको बच्चालाई थप सहयोग चाहिन्छ भने, निम्न मार्गहरू मार्फत मद्दत उपलब्ध छ:

- प्रारम्भिक बाल्यकालिन शिक्षकहरूसँग मद्दत गर्ने सीप र ज्ञान हुन्छ। तपाईंका प्रश्नहरूका बारेमा तपाईंको बच्चाको प्रारम्भिक बाल्यकाल शिक्षकसँग कुरा गर्नुहोस्।
- तपाईंको प्रश्नहरू छलफल गर्नका लागि आफ्नो डाक्टर वा प्रसूती र शिशू स्वास्थ्य नर्सलाई भेट्न अपोइन्टमेन्ट लिनुहोस्।
- नि: शुल्क, गोप्य परामर्श र सहायताका लागि प्यारेन्टलाइन (Parentline) मा 13 22 89 मा फोन गर्नुहोस्।
प्रारम्भिक बाल्यकाल शिक्षामा करियरहरू
भिक्टोरियाको बढ्दो किन्डरगार्टेन क्षेत्रमा करियर सुरू गर्ने विचार गर्नुहोस्। तपाईंलाई प्रारम्भिक बाल्यकालको शिक्षक वा शिक्षाविद बन्न मद्दत गर्न, निम्न कुराहरू छन्:
- लचिलो अध्ययन विकल्पहरू
- उदार छात्रवृत्तिहरू
- आर्थिक प्रोत्साहनहरू।

तपाईंको किन्डर किट दान गर्दै
एकचोटि तपाईंको बच्चाले उनीहरूको किन्डर किट सामाग्रीहरू पूरा गरिसकेपछि, तिनीहरूलाई परोपकारी संस्थामा दान गर्ने विचार गर्नुहोस् ताकि अरू कसैले तिनीहरूलाई माया गर्न र प्रयोग गर्न सकून्।
कुनै वस्तु दान गर्न सकिन्छ कि भनेर निर्णय गर्दा, एक मार्गदर्शकको रूपमा आफैँलाई सोध्नुहोस्: के यो म मेरो साथीलाई दिन्छु होला त? यदि सक्छु भनेर जवाफ दिनुहुन्छ भने, दान दिनु उचित हुन्छ।
दिगोपन र जलवायु परिवर्तनसँग लड्नको लागि उपयुक्त वस्तुहरू दान दिनु महत्त्वपूर्ण छ।

Updated